00:00:00
खेलकुद

'आत्म रक्षाका लागि खेल'

शनिबार फाल्गुण २१, २०७८/ Saturday 03-05-22

विन्दु भट्टराई

तिलोत्तमा । मदन भण्डारी स्पोर्टस एकाडेमिका सचिव देवी वाग्लेले १२ वर्ष अगाडि स्थापना भएको मदन भण्डारी  एकेडेमिले  नयाँ खेलाडि उत्पादनलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेल क्षेत्रलाई माथि लैजानको लागि र नयां खेलाडि उत्पादनमा एकेडेमिले बढि जोड दिदै आएको र आगामि दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । शनीबार विहान रेडियो लुम्विनीसंगको कुराकानीका क्रममा वाग्लेले खेल क्षेत्रमा महिलालाई टिकाउन चुनौति भएको भन्दै चुनौतिलाई चिर्दै अगाडि बढ्नुपर्ने खांचो औंल्याउनुभयो । 

उहांले उक्त संस्थाले छितरवितर भएका खेलाडिलाई गोलवन्ध गर्न सफल भएको दावी गर्दै खेलक्षेत्रमा महिला सहभागिता बढाउन हरसम्भव पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।  वाग्लेले खेलले आत्मवल बढाउने भएकोले पनि सानैबाट खेल क्षेत्रमा प्रोत्साहन गर्न अभिभावकलाई आग्रह गर्नुभयो । उहांले कम्फु करांतेलाई इंगित गर्दै कुनै कुनै खेलले आत्म रक्षाका लागि पनि काम गर्ने हुनाले त्यसतफ अवका महिलाले  ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 
उहांले सरकारले महिला खेलाडिलाई प्रोत्साहन दिनका लागि त्यस्तै खालको कार्यक्रम ल्याउनुपर्ने भन्दै खेल क्षेत्रमा महिला खेलाडिको सुरक्षा ब्यवस्थाको उचित ब्यवस्थापन नहुंदासम्म नेपालको खेल जगतमा महिला अगाडि आउन नसक्ने उल्लेख गर्नुभयो । वाग्ले यहि फागुन ८ गते सम्पन्न महाधिवेशनबाट सचिव पदमा निर्वाचित हुनुभएको हो ।


 

तपाईको प्रतिक्रिया