00:00:00
खेलकुद

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा आज समूह वि अन्तरगत प्रोफेस्नल माष्टर्स ११ र जिआर क्रिकेट क्लवबीच खेल हुँदै

सोमबार फाल्गुण २३, २०७८/ Monday 03-07-22


रुपन्देही
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा आज समूह वि अन्तरगत प्रोफेस्नल माष्टर्स ११ र जिआर क्रिकेट क्लवकाबीच खेल हुँदैछ । हिजोको डिभिजन ‘ए’अन्तर्गको खेलामा मेलवर्न क्रिकेट क्लब (एमसीसी) विजयी भएको थियो । देवदह क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै मेलवर्न क्रिकेट क्लबले जित हात पारेको हो । जितसँगै एमसीसी सुपर फोरमा प्रवेश गरेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा ३३ दशमलब २ ओभरमा सबै विकेटको क्षतिमा १ सय ८६ रन बनाएको हो । जवाफी ब्याटिङ गरेको देवदहले २४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमै समेटिएको हो । हिजोको खेलमा एमसीसीका सुशान्तसिंह थापा म्यान अफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया