महीलाहरु रक्तदानमा सकृय,गरे बृहत रक्तदान कार्यक्रम
तिलोत्तमा ।
विन्दु भट्टराई
यहि फागुन २४ गते मंगलबार अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन बुटवलमा एक बृहत रक्तदान कार्यक्रम भयो । उक्त कार्यक्रममा सयौं सहभागि थिए । सहभागि मध्ये त्यस्तै ५ जना पुरुष थिए, भने अरु सवै महीला । कोहि महीला कमजोर हुन्छ ,रक्तदान गर्न सक्दैनन् भन्ने भ्रमलाई चिर्न यो कार्यक्रम उपयोगि हुने बताउंदै थिए भने कोही सहभागितालाई मात्र भएपनि जोड दिएका थिए ।लगभग समयमै शुरु भएको कार्यक्रममा महीलाहरुको अनुहारमा देखिएको उत्साहले परिवर्तनका लागि दौडिएका पाईलाहरु सफलताका नजिक नजिक छन् कि भन्ने बुझ्न त्यती गाह्रो थिएन । २० ओटा भन्दा बढी महीला आवद्ध संघसंस्थाले सहकार्य गरेको कार्यक्रमको मुख्य आयोजक भने नेपाल स्वयंसेवी रक्तदाता समाज बुटवल हो ।
समयको परिवर्तनशिलता संगै महिलाहरुका बिचार माझिएको र महिलाहरुलाइ हेर्ने बुझ्ने दृष्टिकोणमा पनि सकरात्मक परिवर्तन देखिएको उक्त कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए । समाजका हरेक काममा महिला सहभागितालाई महत्व दिनुले पनी यस्तो भन्न सकिने उनिहरुले बताएका हुन् । ११२ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवस को अवसरमा बुटवलमा भएको महिलाहरुको बृहत् रक्तदान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा यातायात ब्यबस्था मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री पुर्मती ढेंगा मगरले नारी दिवसका अवसरमा ठुला ठुला कार्यक्रम आयोजना गरेर भाषण गरेर सकिने बिगतका कार्यक्रमलाई स्मरण गर्दै यो बर्ष बिशुद्द सेवाभाब राखेर गरिएको काम प्रशंसनिय रहेको बताउनुभयो । उहांले महिला अधिकारका कुरा चर्को रुपमा आउन थालेको र यो सकरात्मक भएकोमा जोड दिनुभयो । मगरले महिला अधिकारका लागि बनेका कानुनी कार्यान्वयनमा जोड दिदै सहयात्रा गर्न आफूले हरसम्भव प्रयास गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनी,रुपन्देही अध्यक्ष प्रेमलाल उदास,स्वंयेमसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखा सदस्य भगवती अर्याल लगायतले महिलाहरु रगत दान गर्न सक्दैनन्,कमजोर हुन्छ्न् भन्ने मानसिकतालाई पुर्ण रुपमा चिर्न सकेको र ठुलो संख्यामा महिलाहरु मात्रै आवद्ध रहेर महिलाले मात्रै रक्तदान गरेको नेपालकै पहिलो कार्यक्रम भएको दावी गर्नुभएको छ । कार्यक्रममा १०५ युनिट रगत संकलन भएको थियो । ब्लड बैंक बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा तितेपाती महिला बचत तथा ऋण सहकारी बुटवलका अध्यक्ष कमला बस्नेत कुंवरको स्वागत र रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष प्रतिमा भट्टराईको संचालनमा भएको हो ।
तपाईको प्रतिक्रिया