00:00:00
स्थानिय

तिनाउँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी । 

सोमबार जेठ २, २०७९/ Monday 05-16-22

पाल्पा
पाल्पाको तिनाउँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी हुनुभएको छ ।

नेकपा एमालेका श्रेष्ठले ६ सय २४ मतले गठवन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठ लाई पराजित गर्नुभयो ।  एमालेका उम्मेदवार श्रेष्ठले ५ हजार ९० मत ल्याई विजयी हुनुभएको हो । उहााका निकटतम प्रतिद्धन्दी नेकपा माओवादीका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी उपाध्यक्षमा नेपाली काग्रेसका लाल बहादुर थापा विजयी हुनुभयो । उपाध्यक्ष थापाले ६ सय १७ मतले नेकपा एमालेकी सावित्रा गुरुङ रानालाई पराजित गर्नुभएको हो । विजेता थापाले ५ हजार ८२ मत प्राप्त गर्नुभयो ।

एमालेका उपाध्यक्ष उम्मेदवार रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गरेको तिनाउँ गाउँपालिकाका निर्वाचन अधिकृत जर्नादन अधिकारीले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया