जेठ ४, पाल्पा
पाल्पाको बगनासकाली गाउँपालिकामा एमाले उम्मेद्धार सरस्वती चिदी अध्यक्ष पदमा विजयी हुनुभएको छ । निवर्तमान पालिका उपाध्यक्ष चिदी अहिले अध्यक्ष्ँमा निर्वाचित हुनुभएको हो।
अध्यक्ष चिदिले ६ हजार ४ सय ६६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसकीासुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गर्नुभयो । पालिका उपाध्यक्षमा एमालेका हरि पाठक ५ हजार ८ सय ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयले ४ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको छ ।
९ वडा रहेको बगनासकाली गाउँपालिकामा ६ वटामा नेकपा एमाले विजयी भएको छ भने ३ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
तपाईको प्रतिक्रिया