जेठ ०४, रुपन्देही
रुपन्देहीको देवदह–५ मा नेपाल कम्यूनिष्ट पार्टी एमालेले प्यानल सहित जित हासिल गरेको छ । एमालेले वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल जितेको छ । देवदह–५, मा नेकपा एमाले वडाअध्यक्षका उम्मेदवार गणेश डुम्रेले १३८९ मत ल्याएर विजयी हासिल गर्नुभएको हो ।
डुम्रेले नेपाली काग्रेसका वडाअध्यक्ष पदका उम्मेदवार केशवराज पराजुलीलाई ३४० मतान्तरले पराजित गर्दै जित हासिल गर्नुभयो । काग्रेसका उम्मेदवार पराजुलीले १०४९ मत प्राप्त गर्नु भएको छ । त्यस्तै महिला सदस्यमा नेकपा एमालेका विमला दर्लामीले १६३१ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
उहाँका प्रतिद्धन्द्धी नेपाली काग्रेसका उम्मेदवार मायादेवी सापकोटाले ९८० मत प्राप्त गर्नु भएको छ । यसैगरी दलित महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार संगीता विकले १५६७ मत पप्त गरी विजयी हुनु भएको छ ।
उहा प्रतिद्धन्द्धी नेपाली काग्रेसका रुपा सुनारले ९७२ मत प्राप्त गर्नु भएको छ । यसैगरी खुल्ला सदस्यमा नेकपा एमालेका सावित्रा पौडेल १४९८ र होमनाथ भट्टराईले १५०७ मत पप्त गरी विजयी हुनु भएको छ । उहाहरुका प्रतिद्धन्द्धी नेपाली काग्रेसका चेतबहादुर सिंजालीले ९४८ र भुवन खासुले १००९ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया