00:00:00
राष्ट्रिय

कक्षा १२ को परीक्षा आजदेखि 

सोमबार जेठ १६, २०७९/ Monday 05-30-22

जेठ १६ 
कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालकाअनुसार परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको  र ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ ।

परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुनेछन् । यसअघि गएको वैशाखमा कक्षा ११ को परीक्षा भएको थियो । 

तपाईको प्रतिक्रिया