00:00:00
स्थानिय

तिलोत्तमा नगरपालिका ९ ज्ञानोदय टोल बिकास संस्था को अध्यक्षमा प्रकाश न्यौपाने

सोमबार असार ६, २०७९/ Monday 06-20-22

तिलोत्तमा ,बिन्दु भट्टराई ।
तिलोत्तमा नगरपालिका ९ ज्ञानोदय टोल बिकास संस्था को दोश्रो अधिवेशनले प्रकाश न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा तेज प्रसाद डुम्रे ,सचिव भिमराज पान्डे,कोषाध्यक्ष शान्ति पाठक र सदस्यहरुमा   शारदा पान्डे,बिष्णु प्रसाद पान्डे,पुष्कर भट्ट,लक्षमण भुषाल चयन हुनुभएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले टोलको बिकासको लागि समग्र टोलसंग समन्वय गरेर कार्ययोजनाका साथ अगाडि बढ्ने बताउनुभयो । उहांले  टोल भनेर सामान्य रुपमा लिइएपनी टोलबाटनै नगरको बिकासको सुरुवात हुने हुंदा नगरका हरेक टोल सकृय हुन जरुरी रहेकोमा जोड दिनुभयो ।

सोमबार नै निवर्तमान अध्यक्ष रघुनाथ पाण्डेले कार्यभार सहित अहिलेसम्मको आयब्याय बुझाउनुभएको छ । 

तपाईको प्रतिक्रिया