तिलोत्तमा १४ वाउन्नकोटि सिद्घधाममा शिवालय मन्दिरको समुद्घाटन
असार ११, तिलोत्तमा
रूपन्देहीको तिलोत्तमा १४ वाउन्नकोटि सिद्घ धाममा शनिबार नवनिर्मित शिवालय मन्दिर समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
धामका अध्यक्ष ताराप्रसाद छन्तेलको अध्यक्षतामा भएको कार्यक्रममा पीठाधीश श्री १००८ विवेकानन्द सरस्वति महाराजले मन्दिर समुद्घाटन तथा पूजाअर्चना गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विवेकानन्दले मानव जीवनको सुख र सन्तोषका लागि आध्यात्मिक सम्पत्ति आवश्यक रहेको उल्लेख गर्नुभयो । भौतिक सुख सम्पत्तिले मात्र भवसागर पार गर्न सम्भव नहुने उल्लेख गर्दै उहाँले जीवनको सार्थकता विचार दृष्टिबाट देख्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रमका तिलोत्तमा नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले बाउन्नकोटि क्षेत्रको विकास र पर्यटन प्रवद्र्घन गर्न नगरपालिकाले विगत देखि नै सम्बोधन गर्दै आएको र यस वर्ष पनि नीति तथा कार्यक्रममा समावेश गरेको उल्लेख गर्नुभयो ।
धामका उपाध्यक्ष सुमित्रा घिमिरेको स्वागत र सचिवतिल प्रसाद पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा उद्योगी एवं धार्मिक व्यक्तित्व बालकृष्ण भुसाल, पत्रकार दिवाकर पन्थी, वाउन्नकोटि सामुदायिक वनका अध्यक्ष लिलबहादुर क्षेत्री, प्रमुख सल्लाहकार लेखराज पुन, सल्लाहकार एच बि रम्तेललगायतले वाउन्नकोटिलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तपाईको प्रतिक्रिया