गणपुरक संख्या नपुगेको भन्दै तिलोत्तमा नगरपालिकाको नगरपरिषद बैठक स्थगित ,बाहिर अलग्गै उपस्थिति सङ्कलन गरी बैठक स्थगित गरेको कार्यपालिका सदस्यको आरोप
तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरपरिषद बैठक गणपूरक सङ्ख्या हुँदा हुँदै स्थगित गरिएको नगरकार्यपालिका सदस्यहरुले बताउनुभएको छ ।
नेकपा एमालेबाट निर्वाचित उपमेयर जगेश्वर देवी चौधरीको उपस्थितिमा पत्रकार सम्मेलन गरी नगर कार्यपालिका सदस्यहरुले आफूहरु बैठकमा उपस्थित भएको तर नगर प्रमुख आफैले अध्यक्षता गरी उपस्थिति नगरी बाहिर अलग्गै उपस्थिति सङ्कलन गरी बैठक स्थगित गरेको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताउनुभयो । नगर कार्यपालिकाका यस अघिका बैठकमा न्यायिक लेखा लगायतका वैधानिक समिति गठनको कुरा गरेपनि नगरप्रमुखले टार्दैै आएको श्रीले बताउनुभयो । उहाँले सहमतिबाट मात्रै अगाडि बढिने उल्लेख गर्दै त्यो वातावरण मिलाउने जिम्मा नगरप्रमुखकै भएको बताउनुभयो ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले सहयोग गरिरहँदा पनि मिथ्या आरोप लगाउनुको कुनै अर्थ नरहेको उहाँले बताउनुभयो ।यसअघि शुक्रबार दिउसो १ बजेका लागि बोलाइएको १२ औं अधिवेशनको तेस्रो बैठकमा गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित नगर प्रमुख रामकृष्ण खाँणले नगर सभालाई बताउनुभएको थियो । बैठक कक्षमा अधिकांश नगरसभा सदस्यहरूको सहभागीता रहे पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति नगरेकोले नगर सभा स्थगित भएको भनिएको थियो ।
तपाईको प्रतिक्रिया