तिलोत्तमाको नगरसभा आजपनि स्थगित, एमालेबाट निर्वाचित जनप्रतिनिधिद्वारा नारावाजी
साउन १, तिलोत्तमा
तिलोत्तमा नगरपालिकाको १२ ओैं अधिवेशनको चौथो बैठक स्थगित भएको छ । नगरप्रमुख रामकृष्ण खाणले बैठकको गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गर्ने निर्णय सुनाउनुभएको थियो ।
बैठकको प्रारम्भमा बैठकमा सहभागी एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये ४२ जनाले हाजिर गरेका थिए भने उपस्थित भएपनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले हाजिर गरेका थिएनन् । उप प्रमुख जगेश्वरी चौधरीले सभामा उपस्थित भएका नगरसभा सदस्यहरुलाई षड्यन्त्रपुर्वक उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई स्थगित गरेको बताउनुभयो ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई हाजिर गर्न बाट बन्चित गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली बिरुद्ध नारावाजी गरी रहेका छन् । आइतबारका लागि बोलाइएको नगर सभा पनि गणपूरक नपुगेको भन्दै स्थगित गरिएपछि एमालेका प्रतिनिधिहरुले विरोध गरेका छन् ।
आफूहरुलाई हाजिर गर्न नदिएको भन्दै एमालेका प्रतिनिधिहरुले प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई भित्रै थुनेर राखेका छन् । स्थिति तनावपूर्ण भएपछि उक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बारम्बार स्थगित भइरहेपछि तिलोत्तमामा अहिलेसम्म बजेट पारित हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया