खेलकुद
लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्किदै
मंगलबार श्रावण ३, २०७९/ Tuesday 07-19-22
साउन २, काठमाडौं
आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्कदै छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोली आज दिउसो २ः४५ बजे नेपाल आईपुग्ने जनाएको छ । स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो । सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।
नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो । घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो । लिग टू आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट हो । यस प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ ।
नेपाल २० खेलबाट १७ अङ्क सहित छैटौं स्थानमा रहेको छ ।ओमान ३६ खेलमा ४४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया