खेलकुद
साफ च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै
उद्घाटन खेलमा नेपाल र माल्दिभ्स खेल्ने
सोमबार श्रावण ९, २०७९/ Monday 07-25-22
९ श्रावण, काठमाडौं ।
साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदैछ ।
भुवनेश्वरमा सोमबार दिउँसो हुने उद्घाटन खेलमा नेपालको युवा टोलीले माल्दिभ्सको सामना गर्ने भएको छ । भारतको कालिंगा स्टेडियममा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा ४ बजे सुरु हुने भएको छ । साफ यू–२० च्याम्पियनशिपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गर्नुभएको छ।
च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्ने भएको छ । त्यस्तै तेस्रो खेल आइतबार भारतसँग हुनेछ भने समूहको अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्ने भएको छ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
तपाईको प्रतिक्रिया