00:00:00
राष्ट्रिय

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने, भोलिदेखि मौसम खुल्दै जाने

मंगलबार श्रावण १७, २०७९/ Tuesday 08-02-22

साउन १७, काठमाण्डौ 
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो लुम्बिनीसहित गण्डकी प्रदेश, वाग्मती प्रदेश,मधेस प्रदेश र प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति लुम्बिनी, वाग्मती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीकाअनुसार मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर हुने सम्भावना रहेको छ ।
केही दिनयता मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशैभर पानी परिरहेको छ । 

तपाईको प्रतिक्रिया