00:00:00
राष्ट्रिय

राहदानी लिनका लागि आजदेखि अनलाइन फारम खुल्दै 

मंगलबार श्रावण १७, २०७९/ Tuesday 08-02-22

साउन १७, काठमाडौं 
राहदानी (पासपोर्ट) लिनको लागि आजदेखि अनलाइन आवेदन खुल्ने भएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै आजदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने भनिसकेको छ ।

यसअघि भने विभागले राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने जनाएको थियो ।

राहदानी आफूलाई आवश्यक नहुँदाको अवस्थामा बहाल म्याद १ वर्षभन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु नपर्ने र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने भएकोले आफूलाई आवश्यक पर्दा मात्र राहदानी बनाउनको लागि आवेदन गर्न सकिने विभागले जनाएको हो ।
 

तपाईको प्रतिक्रिया