राष्ट्रिय
समानुपातिकतर्फको चुनावी प्रक्रिया सुरु, भदौ १० देखि १२ गतेसम्म निवेदन पेस गर्न सकिने
बुधबार भदौ ८, २०७९/ Wednesday 08-24-22
भदौ ८, काठमाण्डौ
मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फको चुनावी प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले आज सूचना निकालेर समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई भदौ १० गतेदेखि १२ गतेसम्म निवेदन पेस गर्न भनेको छ ।
दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ । आयोगको यसअघि बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।
त्यस्तै समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पहिलोपटक असोज २२ मा र अन्तिम बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया