भदौ २७, रुपन्देही
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधान दिवस असोज ३ गते भब्यताकासाथ मनाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।
बैठकले मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, मुख्यन्यायाधीश, स्थानीयतह, विभिन्न प्रदेश स्तरका सामाजिक संघ सँस्था प्रमुख तथा प्रतिनिधीहरु रहेको १०० सदस्यीय संविधान दिवस २०७९ मुल समारोह समिति गठन गरेको मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिं बिकले जानकारी दिए । बैठकले आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माको अध्यक्षतामा सामारोह व्यवस्थापन समिति गठन गरेको छ ।
यसैगरि संविधान दिवसको अवसरमा अवसरमा २०७९ असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । असोज २ गते प्रदेश स्थित सबै कार्यालयहरुमा राष्ट्रिय झण्डा पहराउने, सरसफाई गर्ने, सबै कार्यालयमा दिपावली गर्ने निर्णय गरेको छ । असोज ३ गते विहान प्रभात फेरी गर्ने, स्थानीय झाँकी प्रदर्शन गर्ने, ४ गते बुटवलमा रक्तदान कार्यक्रम, प्रदेशस्थित कार्यालयहरुमा दिपावली, आफ्नो कार्यलयहरुले विभिन्न नव प्रवर्धानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीयतहरुलाई विभिन्न कार्यक्रम गर्नका लागि अनुरोध गर्ने, साझ दिपावली गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया