00:00:00
खेलकुद

महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलङ्का खेल्दै  

सोमबार भदौ २७, २०७९/ Monday 09-12-22

भदौ २७, काठमाण्डौ 
महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । समूह ’बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ । समूह ए बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।  माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

तपाईको प्रतिक्रिया