00:00:00
स्थानिय

तिलोत्तमामा जारी जिल्लास्तरीय फुटबल प्रतियोगितामा ज्ञानगंगा बिजयी

सोमबार असोज ३, २०७९/ Monday 09-19-22

तिलोत्तमा, असोज ३ 
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा ज्ञानगंगा पाठशाला बिजयी भएको छ ।

गिर्वाण सरस्वती संस्कृत तथा साधरण मा.वि. लाई ८–० को गोल अन्तरले हराउदै ज्ञानगंगा अघिल्लो चरणमा प्रवेश गरेको हो ।  


ज्ञानगंगाका लागि बिशाल राना र सन्तु दंगोरियाले ३–३ गोल गरे भने मिलन राना र राजेश रोकाले १–१ गोल गरेका खेल संयोजक दिनेश खड्काले जानकारी दिनुभयो । 

रुपन्देहीमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच जारी प्रतियोगितामा २७ समूहले सहभागीता जनाएका छन् । 


प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । 


 

तपाईको प्रतिक्रिया