00:00:00
खेलकुद

१५ वर्षमुनिको महिला राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए 

बुधबार असोज ५, २०७९/ Wednesday 09-21-22

असोज ५, काठमाडौं
१५ वर्षमुनिको महिला राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो प्रारम्भिक चरणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ । अब ३० खेलाडी बन्द प्रशिक्षणमा छन् । 
एन्फाले  बंगलादेशमा आयोजना हुने १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो । च्याम्पियनसिप आगामी नोभेम्बर १ देखि १२ तारिखसम्म ढाकामा हुनेछ ।


 

तपाईको प्रतिक्रिया