00:00:00
राष्ट्रिय

धादिङमा बसको ठक्करबाट बालकको मृत्यु, बसमा आगजनी 

बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22

असोज ६, काठमाण्डौ 
धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

काठमाण्डौबाट गोरखाका लागि छुटेको रा १ ख ४५६५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका १ बैरेनीका दिलबहादुर नेपालीका ६ वर्षका छोरा विजयको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने विजयलाई  बाटो काट्ने क्रममा जेब्राक्रसमा बसले ठक्कर दिएको हो । दुर्घटना पछि आक्रोशित स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन्। अहिले काठमाण्डौदेखि यो राजमार्ग हुँदै चल्ने लामो दूरीका गाडी छुटे पनि नागढुङ्गा नौबिसेमा रोकिएका छन् ।

आक्रोशित स्थानीय बासिन्दाले शव सडकमा नै राखेर प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया