झरना रनिङ्ग शिल्ड नकआउट फुटबलमा आज झरना र जनज्योति क्लब भिड्दै
असोज १२, तिलोत्तमा
पवित्रा चौधरी
झरना स्पोर्टस क्लबको आयोजनामा तिलोत्तमा ६ कुञ्जलापुरमा जारी ३४ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगितामा आज बुधबार अन्तिम सेमीफाइनल खेल हुँदैछ ।
आजको खेलमा आयोजक झरना र जनज्योति क्लब डिङ्गरनगरबीच प्रतिष्पर्धा हुँदैछ । हिजो भएको सेमीफाइनल खेलमा भूपूसैनिक जबई स्पोर्टिङ क्लब नयाँगाउँ बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
हिजोको खेलमा फुलबारी गाइज बुटवललाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पछि पार्दै भूपूसैनिक फाइनलमा प्रवेश गरेकोे हो । निर्धारित समयमा १÷१ गोलको बराबरी भएपछि हिजोको खेल ट्राइ बेकरमा गएको थियो ।
हिजोको खेलमा भूपूसैनिक जबई स्पोर्टिङ क्लब नयाँगाउँका जर्सी नंं.१२ का कान्छा गुरुङ म्यान अफ द म्याच घोषित भएको आयोजक झरना क्लबका सचिव सिजन थापाले जानकारी दिनुभयो ।
अपरान्ह ३ बजे उमा आधारभूत विद्यालयको मैदानमा हुने खेल हेर्न महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका र अशक्तलाई निःशुल्क प्रवेश दिइएको क्लबले जनाएको छ ।
तपाईको प्रतिक्रिया