राष्ट्रिय
आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मंगलबार असोज १८, २०७९/ Tuesday 10-04-22
१५ असोज, काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ ।
महाशाखाकअनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लेखिए आज दिउँसो लुम्बिनीसहित प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोेली १९ गते दशैंको टीकाको दिन देशभर बादल लाग्ने र लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया