२३ असोज, रुपन्देही
नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उहाँले पार्टी छाडेको घोषणा गर्नुभएको हो।
उहाँले पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि एमालेमा नरहने निष्कर्ष निकालेको बताउनुभएको छ। भुसालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ‚ “म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।”
भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिता कैदी बनेको आरोप समेत लगाउनुभएको छ।
तपाईको प्रतिक्रिया