00:00:00
स्थानिय

अपाङ्गता भएका महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा न्युनिकरण कार्यक्रम

सोमबार असोज २४, २०७९/ Monday 10-10-22

शारदा शाही ठकुरी
रुपन्देही, तिलोत्तमा २०७९ असोज २४  

         रुपन्देही तिलोत्तमा नगरपालिकाको सभाहलमा आज नेपाल अपाङ्ग महिला संघका र अपाङ्ग महिला संघ रुपन्देहीको सहकार्यमा अपाङ्गता भएका महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा न्युनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका उपप्रमुख जागेश्वर देबी चौधरिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका वडाहरुका जनप्रतिनिधी,समाजसेवी,पत्रकार लागयतको उपस्थिती रहेको थियो।

अपाङ्ग महिला संघ रुपन्देहीका सचिब पार्वती न्यौपानेको सन्चालन रहेको कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका केन्द्रिय सदस्य तथा अपाङ्ग महिला संघ रुपन्देहीका अध्यक्ष्य कल्पना ढकालले सहजिकरण् गर्नुभएको थियो। अपाङ्गताको पारीभाषा अपाङ्गता भएका महिलाहरुलाई पर्ने अप्ठ्यारो र अपाङ्गताको बर्किकरण बारेमा जानकारी दिदै आफु अपाङ्ग भएकै कारण धेरै ठाउमा दु:ख पाउनु परेको बताउदै यातायात,कार्यालय,अस्पातल लगायत ठाउहरु अपाङ्ग मैत्री हुने हो भने अपाङ्गता भएकाहरुलाई पनि सजिलो हुने बताउनुभयो।

 कार्यक्रममा बोल्दै उपप्रमुख जागेश्वर देबी चौधरीले नगरपालिकाले कहिले पनि अपाङ्गता भएकाहरुलाई बिभेद नगरेको र आगामी दिनहरुमा पनि नगरने बताउदै सरकार र कानुनले दिएको सुबिधा हरेक नागरिकले पाउने अधिकार रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका बिभिन्न वडाका जनप्रतिनिधीहरुले अपाङ्गताभएकाहरुको लागि आफ्नो वडाले रकम छुट्टाएको बताउदै वडाले थाहा पाए सम्म सधैं सहयोग गर्ने पनि बताउनुभयो ।

   

    


   

 

तपाईको प्रतिक्रिया