राष्ट्रिय
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
बुधबार कार्तिक २, २०७९/ Wednesday 10-19-22
कार्तिक २, काठमाडौं
ताप्लेजुङमा गयराति ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मैवाखोला गाउँपालिका ५ फाकुम्बा–कम्साङका ३१ वर्षका पासाङ शेर्पा, २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला गाउँपालिका ४ साँघु–ओदकका २२ वर्षका शर्मिला शेर्पा र १७ वर्षका लाकी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार मैवाखोला गाउँपालिका ४ साँघुस्थित चाप्लिङ खोल्सामा राति करिव साढे १२ बजे ट्याक्टर दुर्घटना भएको हो । मैवाखोला गाउँपालिका १ तेल्लाबुङबाट सोही पालिकाको वडा नम्बर ५ काम्साङतर्फ जाने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेहरू दुई परिवारका दुई–दुई जना छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया