राष्ट्रिय
बुटवलका प्रहरी निरीक्षक (इन्सपेक्टर) सञ्जय बुचा प्रदेश १ कै उत्कृष्ट प्रहरी घोषित
शनिबार कार्तिक ५, २०७९/ Saturday 10-22-22
कार्तिक ५
नेपाल प्रहरी दिवसको अवसरमा प्रदेश १ मा प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित हुनुभएको छ । उत्कृष्ट कार्य गरेकाले प्रहरीको ६७ औ दिवसमा प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत बुटवलका प्रहरी निरीक्षक बुचा प्रदेश १ प्रहरी कार्यालयको विराटनगरमा सम्मानित हुनुभएको हो ।
प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान र स्थानीय तहको चुनावमा जोखिमपूर्ण काम गरेकाले उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, प्रदेश प्रहरी प्रमुख सुदीप गिरीको उपस्थिति थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले पुरस्कार वितरण गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया