00:00:00
स्वास्थ्य

कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि भेटियो

सोमबार कार्तिक ७, २०७९/ Monday 10-24-22


कात्तिक ७, काठमाण्डौ 
कोरोना भाइरसको ओमिक्रोनको नयाँ सव–भेरियन्ट (एक्सबीबी) नेपालमा पनि भेटिएको छ ।

नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न देशहरुमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो ।

यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको मन्त्रालयले जनाएको छ ।  

तपाईको प्रतिक्रिया