दाङ- २०७९ कार्तिक ८
दाङको घोराहीमा गएराति भएको आगलागीमा साढे ६ करोडभन्दा बढी क्षति प्रहरिले जनाएको छ । घटनाको प्रारम्भिक जानकारी अनुसार आगलागीबाट तीन फर्निचर उद्योग तथा शाे रुमहहरु जलेर खरानी भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।
घोराही उपमहानगरपालिका – १५ उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा न्यु दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ऊँ प्रकृति शो रुम जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब ५ बजेतिर मात्रै पूर्ण रुपमा नियन्त्रणामा आएको थियो । आगो नियन्त्रण लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी रातभर ठूलो संख्यामा खटिएका थिए । त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाका दमकलहरु बोलाउनु परेको थियो ।
आसपासका संरचना भत्काउन तथा माटो खनेर आगो नियन्त्रणमा लिनको लागि डाेजरको पनि प्रयोग गरिएको थियो भने घना बस्ती रहेको क्षेत्रमा लागेको आगो प्रहरीको सक्रियताले आसपासका घर जोगाउन संभव भएको र त्यसबाट संभावित ठूलो क्षति टरेको प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया