काठमाडौं- २०७९ कात्तिक ८
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई पनि शान्ति मिसनमा पठाउने भएको छ । पहिलो पटक रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै तीन जना जनरल सर्जन लिवियाको शान्ति मिसनका लागि पठाउन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले एक सूचना निकाल्दै एक वर्षे मिसनका लागि लिविया जान चाहने जनरल सर्जनले आगामी १६ कात्तिक सम्ममा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सूचनामा एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरर्गतको स्थायी कर्मचारी हुनुपर्ने र कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने उल्लेख छ । मन्त्रालयको सूचना अनुसार इच्छुकले info@mohp.gov.np मा १६ गतेसम्म आवेदन दिनु पर्ने छ ।
तपाईको प्रतिक्रिया