00:00:00
स्थानिय

रुपन्देही देवदहमा एक दम्पति आफ्नै घरमा मृत फेला

सोमबार कार्तिक २१, २०७९/ Monday 11-07-22

रुपन्देही २०७९ कार्तिक २१  

        रुपन्देहीको देवदह नगरपालिका-५ पाल्पाली टोलमा सोमबार विहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् । घर भित्र चुकुल लागेको अवस्थामा उनिहरुको सव फेला परेको हो । वैदेशिक रोजगारीबाट चार दिनअघि मात्रै छुट्टिमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

      श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको  शव पंखामा झुण्डिएको अवस्थामा रहेको देखिएकोले श्रीमानले श्रीमतीको हत्या गरि आँफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । छिमेकीहरूले घरमा झैँझगडा तथा होहल्ला गरेको केही थाहा नभएको बताएका छन् । बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा छन् ।

 घटना बारे थप अनुसन्धान जारी रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।

तपाईको प्रतिक्रिया