00:00:00
स्थानिय

क्षेत्रको विकासमा स्रोतको कमि हुनेछैन: घनश्याम भुसाल

शुक्रबार कार्तिक २५, २०७९/ Friday 11-11-22

    रूपन्देही २०७९ कार्तिक २५

      सत्तारूढ गठबन्धनको सहयोगमा रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले क्षेत्रको विकासमा स्रोतको कमि हुन नदिईने बताउनुभएको छ । बिहीवार तिलोत्तमामा घरदैलो गर्दै नेता भुसालले स्थानीय तहलाई आवश्यक पर्ने स्रोतको व्यवस्थापन आफ्नो दायित्व भएको बताउनुभयो ।

    मतदातासंग कुरा गर्दै भुसालले भन्नुभयो , "तपाईंहरूले जिताउँनुभयो भने एउटा सांसदको रूपमा मैले गर्नुपर्ने दायित्वबोध मलाई छ । यहाँको विकास स्थानीय सरकार मार्फत नै हुने हो तर त्यसलाई स्रोतको जोहो गर्ने काम मेरो हुनेछ र त्यो भुमिका मैले पूरा गर्नेछु ।"

    व्यक्ति शक्तिशाली हुने, व्यक्ति मोटाउने र व्यक्तिले शासन गर्ने प्रणालीको अन्त्य गर्दै देशको संविधान, ऎन कानुन र स्थानीयतहमा आउँदा यहाँका सामाजिक संघसंस्था, आमासमूह, क्लबहरू शक्तिशाली हुनुपर्ने भुसालको भनाइ छ । "लोकतन्त्रमा जनताहरू बलिया हुनुपर्छ, जनताले बनाएका संघसंस्थाहरू बलिया हुनुपर्छ र देशमा विधिको शासन हुनुपर्छ ।"   भुसालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया