राष्ट्रिय
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा रहेको गाडीमा तोडफोड
आइतबार कार्तिक २७, २०७९/ Sunday 11-13-22
काठमाण्डाै – २०७९ कार्तिक २७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड भएकाे छ । चितवनमा घरदैलाेकाे क्रममा रहेकाे सभापतिकाे बा१४च ७६८४ नम्बरको जिप माथि आइतवार इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि तोडफोड भएको प्रत्यक्षदर्शी बताएका छन।
निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेकाे पार्टीकाे आराेप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीकाे धारणा छ ।
पार्टीले ‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको बताउदै हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि आफुहरु नरोकिने बताएको छ गाडीमाथि कसले ताेडफाेड गर्याे भन्ने थाहा भएकाे छैन ।
तपाईको प्रतिक्रिया