00:00:00
खेलकुद

विश्वकपमा आज समूह ’ई’ र ’एफ’ का चार खेल हुँदै 

बिहीबार मङ्सिर १५, २०७९/ Thursday 12-01-22

मंसिर १५, काठमाडौं
कतारमा जारी फिफा विश्वकपमा आज (बिहीबार) समूह चरणको तेस्रो खेलहरू हुनेछन् । समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी आज चार खेल हुँदै छन् ।

कतारको अल थुमामा रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुने खेलमा समूह ‘एफ’ को क्यानडा र मोरोक्कोबीच प्रतिस्पर्धा हुनेछ भने सोही समयमा अहमेद बिन अली रंगशालामा क्रोएसिया र बेल्जियम भिड्नेछन् ।  

राति १२ः४५ बजेदेखि समूह ’ई’ का कोस्टा रिका र जर्मनीले अल बायतमा रंगशालामा खेल्दा अर्कोतर्फ खलिफा अन्तर्राष्ट्रिय रंगशालामा स्पेन र जापानबीच प्रतिस्पर्धा हुनेछ ।
 

तपाईको प्रतिक्रिया