00:00:00
स्थानिय

रुपन्देहीको शुद्धोधनमा टिपरको ठक्करबाट मोटरसाइकल चालक शर्माको मृत्यु

सोमबार मङ्सिर १९, २०७९/ Monday 12-05-22

बुटवल २०७९ मंसिर १९

   रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्करबाट जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा १ जनाको मृत्यु भएको छ । सोमबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

  दुर्घटनाबाट बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा परी गभ्मीर घाइते भएका शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ठक्कर दिने टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइ सकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया