मंसिर २२, नवलपुर
नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। आज बिहान ५ बजे पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक बस र ट्रक एकापसमा ठोक्किएको थियो।
बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो।
उहाँकाअनुसार घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको छ। । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको पाठकले बताउनुभयो।
तपाईको प्रतिक्रिया