काभ्रे बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको सनाखत
मंसिर २८, काठमाण्डौ
काभ्रे बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको सनाखत भएको छ ।
बेथानचोक गाउँपालिका(४ सल्लाफेदमा हिजो बेलुकी बा ३ ख ४३८५ बस दुर्घटना हुँदा चालक ललितपुरको महाङ्काल घर भइ अहिले पनौती ४ बस्ने २२ वर्षका सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षका राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षकी निर्मला तामाङ, बनेपाकै ११ वर्षका योगेश तामाङ, ५० वर्षका आकुर तामाङ, ४३ वर्षकी हेमा तामाङ, १० वर्षका पुष्कर तामाङ, २५ वर्षकी कोपिला तामाङ, ६ वर्षकी श्रेया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
यस्तै, काभ्रेको मण्डन देउपुर नगपालिका(१ बस्ने ३७ वर्षकी जेलिना तामाङ, धुलिखेल नगरपालिका ११ बस्ने ३० वर्षका बुद्ध तामाङ, बेथानचोक गाउँपालिका ५ की ३२ वर्षकी मञ्जु तामाङ र बनेपा १४ बस्ने २८ वर्षकी गीता श्रेष्ठको पनि मृत्यु भएको छ ।
अन्य चार जनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा २२ जना जना घाइते भएका छन् । घाइतेहरुको बनेपा, धुलिखेल र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बनेपा नगरपालिका–११ देखि व्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ को च्याल्टी पुगेर फर्किदैँ गरेको रिजर्भ बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया