00:00:00
खेलकुद

नेपाल टी–२० : सुपर ओभरमा लुम्बिनीको लगातार चौथो जीत

बुधबार पौष १३, २०७९/ Wednesday 12-28-22

१३ पुष, काठमाडौं
नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा आज बुधवार भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई हरायो । सुपर ओभरमा लुम्बिनीले दिएको २० रनको लक्ष्य पछ्याएको फार वेस्टले १० रनमात्र बनाउन सक्यो ।  यसअघि फार वेस्टले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन बनाएको हो । 


लुम्बिनीका लागि गुलसन झाले नटआउट ३६ रन, लाहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन बनाएका हुन् । फार वेस्टका करण केसी र शेर मल्लले दुई÷दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३७ रन बनाएको हो । लुम्बिनी लगातार चौथो जित निकाल्दै आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको फार वेस्ट दुई अङ्कसहित चौथो स्थानमा छ ।
 

तपाईको प्रतिक्रिया