00:00:00
स्थानिय

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ ग्रहण १६ पुषमा

बुधबार पौष १३, २०७९/ Wednesday 12-28-22

पुष १३, रुपन्देही
लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम पुष १६ गते हुने भएको छ । प्रदेश मन्त्रीपरिषदको बुधबार बसेको बैठकले पुष १६ गते सांसदहरुलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सभा बैठकको आहवान पनि गर्न पनि सिफारिस गरिएको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बताउनुभयो । प्रदेश सभा सदस्यको सपथग्रहण र बैठक लुम्बिनीको नयाँ राजधानी देउखुरीमा नै हुनेछ ।

यसैबीच पुष १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । हालै कार्यान्वयनमा आएको लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री सम्मेलन गर्ने प्रदेश सरकारले तयारी भएको थियो । अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्याकालको समिक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिन अघि स्थगित भएको हो । पछिल्लो राजनीतिक कारणले मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया