स्थानिय
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत
सोमबार पौष १८, २०७९/ Monday 01-02-23
पुस १८, रुपन्देही
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनुभएको छ । चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेताका लागि रुपन्देहीका अब्दुल रज्जाक, पाल्पाका बिरबहादुर राना र दाङकै राजु खनाल प्रतिस्पर्धी थिए । तीनै जनाले चौधरीलाई समर्थन गरेका छन् ।
दलको उपनेता चयनमा भने एकदुई दिन अझै लाग्ने चौधरीले बताउनुभयो । चौधरी दाङको निर्वाचन क्षेत्र ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हनुहुनुन्छ । अहिलेको प्रदेशसभामा उहाँ ग्रामीण पर्यटन तथा सहरी विकास मन्त्री हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया