पौष २६, देवदह
रुपन्देहीको देवदहमा पुरुष तथा महिला छैठौं देवदह म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । लियो क्लव अफ लर्ड बुद्धको आयोजना र देवदह नगरपालिकाको सहयोगमा यही माघ १४ गते म्याराथुन दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा १८ देखि ४० बर्षका करिव ४ सय धावकहरुले म्याराथुनमा भाग लिने पत्रकार सम्मेनलमा जानकारी दिईएको हो ।
देवदह क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई जोडेर म्याराथुन प्रतियोगिताको रुट तयार गरिएको क्लवका अध्यक्ष राहुल सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार देवदहको खैरेनीबाट शुरु हुने प्रतियोगिता, शितलनगर, कन्यामाई, बैरीमाई, पाकरी, भवानीपुर, सिगाहा, केरवानी हुदै खैरेनीमा पुगेर समापन हुनेछ । म्याराथुन प्रतियोगिता करिव १६ किलोमिटरको रहेको पनि उहाँले जानकारी दिनुभयो ।
युवाहरुलाई खेलकुदसंगै सामाजिक उत्तरदायित्व र क्रियाकलापमा सहभागि गराउने, देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी प्रतियोगिताको आयोजना गरेको क्लवका पुर्वअध्यक्ष दिपेशविक्रम मल्लले जानकारी दिनुभयो । प्रतियोगिताको माध्यमबाट देवदहलाई चिनाउने, आन्तरिक पर्यटक भित्रयाउने लक्ष्यका साथ आयोजना गरेको मल्लले बताउनुभयो ।
प्रतियोगितामा करिव ५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । मल्लकाअनुसार प्रतियोगिताका लागि देवदह नगरपालिकासंग २ लाख तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा अन्य रकम संकलन गरिने छ ।
तपाईको प्रतिक्रिया