00:00:00
स्थानिय

भारतीय तीर्थयात्रु बोकेको बस नवलपरासीमा दुर्घटना, ४५ जना घाइते

शनिबार माघ ७, २०७९/ Saturday 01-21-23

माघ ७, पश्चिम नवलपरासी
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा ६५ तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ४५ जना भारतीय नागरिक घाइते भएका छन् ।

माघे औंशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा स्नान गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको युपी १६ एफ टी ७४६६ नम्बरको भारतीय बस ब्रेक फेल हुँदा पाल्हीनन्दन गाउँपालिकाको रमवापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

घाइतेहरुको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उपरीक्षक पाण्डेयले बताउनुभयो । 
 

तपाईको प्रतिक्रिया