00:00:00
राष्ट्रिय

संसद भवनअघि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

मंगलबार माघ १०, २०७९/ Tuesday 01-24-23

काठमाडौं २०७९ माघ १०

  संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।

 

 

तपाईको प्रतिक्रिया