पाल्पा-२०७९ माघ २१
ट्याक्टरले स्कुटर लाई ठक्कर दिदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । तानसेन बाट बगनासकाली गाउँपालिका वडा नंं ९ झिरभञ्ज्याङ जादै गरेको लु २ त ९८८४ ट्याक्टरले सोही दिशा तर्फ जादै गरेको लु ५३ प ७५७१ नम्वरको स्कुटर लाई ठक्कर दिदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो ।
शनिबार विहान करीव साढे ९ बजेको समयमा भएको दुर्घटनामा स्कुटरमा सवार रहेका तानसेन नगरपालिका वडा नंं १३ का ३९ बर्षिया मिना थापा र सोही ठाउँकै १९ बषिय अभिषेक थापा पाल्पा अस्पतालमा उपचारको क्रममा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताउनुभयो ।
मृतक दुई जना आमा छोरा फहेको प्रहरिले जनाएको छ । ट्याक्टर चालक धादिङको रोडाङ्ग गाउँपालिका- ९ का ३० बर्षिय हरिलाल चेपाङ्ग र सहचालक लाई नियन्त्रण लिई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तपाईको प्रतिक्रिया