00:00:00
स्थानिय

देशको राजनीतिक प्रणाली र संरचनामा पुनर्विचार आवश्यक : कमल थापा

बुधबार फाल्गुण १०, २०७९/ Wednesday 02-22-23


रुपन्देही, १० फागुन ।
  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेपालका अध्यक्ष कमल थापाले अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा बुधबार बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताउनुभएको हो ।

राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमनचयन शान्ति र समृद्धि नपाएको बताउँदै अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महंगी दैनिक बढे पनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै उहााले देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताउनुभयो ।

दुर्गा प्रसाईँ राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा हिँडेको भन्ने पत्रकारको जिज्ञासाबारे बोल्दै थापाले हिन्दु राष्ट्रको पक्षमा आफूहरु पनि रहेको बताउँदै हिन्दु राष्ट्रको विषयमा आवाज उठाउने व्यक्तिलाई नैतिक समर्थन गर्ने बताउनुभयो । उहाँले यो पटकको निर्वाचनमा जनताले पार्टी बनाउन आग्रह गरेको बताउँदै ७७ वटै जिल्लामा संगठन विस्तारको कामहरू भइरहेको बताउनुभयो । 
 

तपाईको प्रतिक्रिया