00:00:00
स्थानिय

तिलोत्तमामा परिक्षा शुल्क भनी रकम उठाए बिद्यालयलाई कारबाही गरिने

बिहीबार फाल्गुण ११, २०७९/ Thursday 02-23-23

फाल्गुण ११, तिलोत्तमा
   रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिद्यालयमा कक्षा ८ को परिक्षा शुल्क उठाए कानुनअनुसार कारबाही गर्ने जनाएको छ।  नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सबै परिक्षाको व्यवस्थापन नगरले नै गर्ने भएकाले कुनै पनि बहानामा बिद्यालयबाट परिक्षा शुल्क उठाएको जानकारी पाएमा नगरपालिकामा खबर तथा उजुरी गर्न अभिभावकहरुलाई आग्रह गरेको छ।

नगरले पालिकास्तरको एस ई ई मोडलमा परिक्षा गराउने र सोहीअनुसार चेकजाँच समेत गराउनुका साथै परिक्षा प्रश्न पत्र, उत्तर पुस्तिकासमेत पठाउने गरि तयारी गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो।

तिलोत्तमा नगरपालिकाको नगर परिक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार नगरका सामुदायिक तथा निजि बिद्यालामा कक्षा ८ को परिक्षा चैत्र ७ गते सरु गरि १५ गते सक्ने समेत निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया