00:00:00
स्थानिय

मंगलापुर चोकमा दुर्घटना हुदा एक जनाको ज्यान गयो

मंगलबार फाल्गुण १६, २०७९/ Tuesday 02-28-23

रुपन्देही - तिलोत्तमा
२०७९ फागुन १६  

सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा ९ मंगलापुर चोकमा आईतवार राती सवारी दुर्घटना हुदा एक जनाको उपचारको क्रममा ज्यान गएको छ ।

  छ लेनको मुख्य  सडक खण्डमा बुटवल तर्फ जादै गरेको लु ५२ प २६५ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ दुर्घटना हुदा बुटवल ११ देबिनगर बस्ने वर्ष २८ को संजय लामाको उपचारका क्रममा गयराती क्रिमसन असपतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

  राती सवा ११ बजे दुर्घटनामा परेको स्कुटर चालकलाई उद्धार गरि क्रिमसन लागिएको र उपचारकै क्रममा लामाको निधन भएको प्रहरीले जानकारी दिएको छ । घटना बारे थाप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया