हरियाली प्रबर्द्धन एवं नगर सरफाईबारे सुझाव संकलन हुँदै
फागुन १६, तिलोत्तमा
तिलोत्तमा नगरपालिकाले “ग्रिन तिलोत्तमा, क्लीन तिलोत्तमा“ अन्तर्गत १०० औं संस्करण मनाउने भएको छ । आगामी चैत्र १ गते आयोजना हुने हरियाली प्रर्वद्घन एवं नगर सरसफाई अभियानअन्तर्गत मुल समारोहलाई सफल पार्न नगरपालिकाले पुर्व तयारी एवं सुझाव सङ्कलन अन्तर्गत नगरमा रहेका सामुदायिक एवं संस्थागत विद्यालयका प्रअ एवं तिनका शिक्षक प्रतिनिधिहरुसँग सुझाव संकलन गरेको छ ।
सुरेन्द्र श्रीको अध्यक्षता तथा प्रमुख प्रसासकीय अधिकृत नारायण अयार्लको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियानमा शैक्षिक संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल शिक्षक महासंघ रूपन्द्हीका अध्यक्ष एवं कोटियामाई आधारभुत विद्यालय मक्रहरका प्रअ डिल्लीराज भण्डारी, दुर्गा दत्त उच्च माविका प्रअ चण्डीप्रसाद पाण्डे, शान्ति नमुना मावि मणिग्रामका प्रअ कुलप्रसाद लामिछाने, गिर्वाण संस्कृत एवं साधारण माविका प्रअ केदार पराजुली, सेमरा माविका प्रअ खेमराज पाण्डे, संस्थागत विद्यालयका तर्फबाट प्याब्सन तिलोत्तमाका नगर अध्यक्ष केएन सागर ज्ञवाली लगायतले सुझाव दिनुभएको थियो ।
सुझाव संकलनअन्तर्गत नगरपालिकाले आज मंगलबार दिउँसो ३ बजे बैंक तथा वित्तिय संस्थाका प्रमुखहरूसँग छलफल एवं बैठक गर्दैछ ।
तपाईको प्रतिक्रिया