00:00:00
स्थानिय

बुटवल बसपार्कमा निःशुल्क वाइफाई सेवा

बिहीबार फाल्गुण १८, २०७९/ Thursday 03-02-23

फाल्गुन १८, बुटवल 

बुटवलको बसपार्क क्षेत्रमा निःशुल्क वाइफाई र इन्टरनेट जडान गरिएको  छ । सेवाग्राहीको सुविधाका लागि भन्दै बुटवल उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा निःशुल्क वाइफाई इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।

बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियान अन्तर्गत निःशुल्क वाइफाई र इन्टरनेट जडान गरिएको र अन्य सुविधाहरु समेत थप गर्दै जाने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सुविधायुक्त शौचालय, खानेपानीको व्यवस्था र स्नान कक्ष बनाइएको बसपार्कमा निःशुल्क वाइफाई र इन्टरनेटसमेत निःशुल्क भएपछि बसपार्क क्षेत्र सुविधा सम्पन्न हुने नगरप्रमुखले बताउनुभयो ।

उहाँले अब बसपार्कमा छिट्टै विश्रामस्थलहरु बनाएर उच्च क्षमताका लाइटहरु जडान गर्ने कामको सुरुवात हुन र यसले बसपार्कलाई सुरक्षित र थप सुविधासम्पन्न बनाउने बताउनुभयो । बसपार्कमा बहुउद्देश्यीय टर्मिनल भवनसमेत छ ।

तपाईको प्रतिक्रिया