00:00:00
स्थानिय

अवको अभियान महिला र पुरुषको अर्थपूर्ण सहयात्रा

सोमबार फाल्गुण २२, २०७९/ Monday 03-06-23

तिलोत्तमा,२१ फागुन । 
प्रविधिमा महिलाको पहुंच बृद्धि गर्ने विषयलाई जोड्दै गर्दा यसबाट ब्यक्तिगत र सामाजिक रुपमा हुने हिंसाको विषयमा पनि छलफल गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । 
कालिका मानवज्ञान मावि बुटवलले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा विविध कार्यक्रमको अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रममा महिलाका समसामयिक मुद्धा र आन्दोलनको औचित्यको बारेमा छलफल गरिएको हो ।
कार्यक्रममा शिक्षक तथा रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका कार्यकारी प्रमुख  मिनाक्षी न्यौपानेले महिला आन्दोलन पुरुष विरुद्धको आन्दोलन नभई महिला र पुरुषको सहयात्राको अभियान भएको बताउनुभयो । उहांले पितृसत्तात्मक ब्यवस्थाले महिलाहरुलाई मात्र नभइ पुरुषहरु पनि आर्थिक, सामाजिक,सांस्कृतिक बोझ जवरजस्त बोक्न बाध्य भएको औल्याउनुभयो । 

न्यौपानेले यो दिवसलाई महिलाहरुले आफ्नो सामाजिक आर्थिक सांस्कृतिक र राजनितीक उपलब्धिको मापन गर्ने बेला भएको समेत बताउनुभयो । महिलावाद भनेको महिलाललाई शसक्त बनाउनु मात्र होईन किनकि महिला आफैमा शसक्त छन् । यो त महिलाको शक्तिलाई बुझ्ने तरिका परिवर्तन गर्ने बारेमा हो उहांले भन्नुभयो ।

त्यसैगरी अधिवक्ता ज्ञानु केसिले नेपालमा महिला सम्बन्धी कानूनी ब्यवस्थाको चर्चा गर्नुभएको थियो । 
कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले कालिकालाई महिला शिक्षक र छात्रामैत्री विद्यालय बनाउन आवश्यक सेवा र सुविधाहरू वृद्धि गर्न कुनै कुराको कमी हुन नदिने बताउनुभयो ।

 शिक्षक राधा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक लोकराज घिमिरे, बिष्णुहरि ज्ञवाली, इन्चार्ज मिरा पाण्डे, निशा ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको  थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोख्रेलको संयोजनमा भएको कार्यक्रममा शिक्षकहरु शर्मिला पान्डे र सबिना अर्यालले कविता वाचन गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया